२०८३, ९ कार्तिक आईतवार
×

म्यानमारमा ६ लाख रोहिंग्या शरणार्थी गम्भीर नरसंहारको जोखिममा

931 Shares

यंगुन : म्यानमारका मुस्लिम अल्पसंख्यक रोहिंग्या समुदायको ठूलो हिस्सा अझै जोखिममा छ ।

संयुक्त राष्ट्रसंघको अनुसन्धान अनुसार ६ लाख रोहिंग्या नरसंहारको जोखिममा छन् । राष्ट्रसंघीय अनुसन्धाताहरुले सोमबार यस्तो खुलासा गरेका हुन् । २०१७ मा म्यानमारका रोहिंग्या समुदायमाथि सेनाले नरसंहार मच्चाएपछि लाखौँ विस्थापित भएका थिए ।

शरणार्थीको रुपमा बस्दैआएका उनीहरुलाई सेनाले घर जलाउने, हत्या जस्ता अमानवीय घटना गर्दै विस्थापित गराएको थियो । संयुक्त राष्ट्रसंघका अनुसन्धाताको नयाँ खोज अनुसार म्यानमारका रोहिंग्याहरु गम्भीर नरसंहारको जोखिममा रहेको औँल्याएका हुन् । यहाँको सेनाले भने यस्तो तथ्य इन्कार गरेको छ । पूर्वाग्रही र एकतर्फी भन्दै अनुसन्धानको रिपोर्ट अस्वीकार गरेको हो ।

प्रतिक्रिया