२०८१, २१ कार्तिक बुधबार
×

ट्रेन्डिङ

एक दिवसीय क्रिकेट खेल्न नेपाली क्रिकेट टोलीलाई भारतको निम्तो

5087 Shares

काठमाडौँ । १९ वर्षमुनिको नेपाली टोलीले भारतमा हुने चार टिम सहभागी एक दिवसीय क्रिकेट प्रतिस्पर्धामा खेल्ने भएको छ । भारतीय क्रिकेटको प्रशासकीय निकायले बिसिसिआईको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालले भारत, अफगानिस्तान र भारतको नेशनल क्रिकेट एकेडेमी, एनसिएको टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।

बिसिसिआईले प्रतिस्पर्धाको खेल तालिका सोमबार सार्वजनिक गरेको हो । कोलकातामा आउँदो सेप्टेम्बर ९ देखि १८ (भदौ २७ देखि असोज २ गते) को बिचमा हुनेछ ।

आउँदो अक्टोबरमा हुने १९ वर्षमुनिको एसियाकप क्रिकेटको तयारी स्वरुप प्रतिस्पर्धा हुन लागेको हो । १९ वर्षमुनिको एसियाकप क्रिकेटमा नेपाल, भारत, अफगानिस्तानसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, हङकङ र युएईले प्रस्तिस्पर्धा गर्नेछन् ।

सन्दीपइडन गार्डेनमा सेप्टेम्बर १२ मा भारतको १९ वर्षमुनिको टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै त्यहि दिन नेपालले एनसिएको यु–१९ टोलीसँग खेल्नेछ ।

यस्तै सेप्टेम्बर १४ मा नेपालले भारत तथा एनसिएले अफगानिस्तानसँग खेल्नेछ । त्यसको दुईदिनपछि एनसिए र भारत तथा नेपाल र अफगानिस्तानबिच खेल हुनेछ ।

यी देलमा शीर्ष दुईमा रहेका टोलीले उपाधिका लागि तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले प्ले–अफमा प्रतिस्पर्धा गर्नेछन् । यो खेल सेप्टेम्बर १८ मा हुनेछ । खेलहरु इडन गार्डेन र जाधवपुर विश्वविद्यालयको मैदानमा हुनेछन् ।

 

प्रतिक्रिया