4135
Shares
नयाँदिल्ली – भारतीय सेना र चिनियाँ सेनाबीच दोहोरो झडप भएको छ ।
विवादित क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग बुधबार भारतीय सेनाको झडप भएको हो । भारतीय मिडियाका अनुसार यस क्षेत्रमा मानवीय क्षति भने भएको छैन । लद्दाखस्थित भारतीय सैनिकहरु गस्ती गरिरहँदा चिनियाँ सेनाले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।
कश्मीरसँग जोडिएको लद्दाख क्षेत्रको विषयलाई लिएर चीन र भारतबीच बेला बेला विवाद हुँदैआएको छ । यसअघि भुटानसँग जोडिएको सीमाक्षेत्र दोक्लममा पनि चिनियाँ सेनासँग भारतीय सेनाको भिडन्त भएको थियो ।