२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

1705 Shares
Spread the love

काठमाडौँ –भारतबाट आजदेखि औपचारिक रुपमा पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत आयात सुरु भएसँगै लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य पनि घटाइएको छ ।

मंगलबार (आज) मध्याह्न १२ बजेदेखि नै लागू हुनेगरी डिजेल–मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँको दरले मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रमुख तीन इन्धनको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो। मूल्य घटेसँगै अब काठमाडौँ थानकोट डिपोबाट वितरण हुने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ र पेट्रोलको मूल्य १०७ रुपैयाँ कायम भएको छ ।

यससँगै काठमाडौँबाहिर रहेका निगमका अन्य डिपोबाट वितरण हुने पेट्रोलियम पदार्थको मूल्य झनै सस्तो भएको छ । निगमले थानकोटबाहेकका डिपोका लागि फरकफरक मूल्य निर्धारण गरेको छ । जसअनुसार पोखरा र दाङ डिपोका लागि डिजेल–मट्टितेलको मुल्य रु ९४ रुपैयाँ ५० पैसा र पेट्रोलको मूल्य रु १०६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यीबाहेक अन्य डिपोका लागि भने डिजेल÷मट्टितेलको मुल्य रु ९३ रुपैयाँ ५० पैसा र पेट्रोलको मूल्य रु १०५ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत नियमित रुपमा पेट्रोलियम पदार्थ भित्रयाउँदै छ ।

प्रतिक्रिया