२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

एटीएमबाट एक दिनमा ६० हजारमात्र निकाल्न पाइने

1964 Shares
Spread the love

काठमाडौँ – अब एटीएम मेसिनबाट प्रतिदिन ६० हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरी यस्तो सीमा घटाएको हो । यसअघि यस्तो सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।

नयाँ व्यवस्थाअनुसार एटीएमबाट पैसा निकाल्दा अब एक पटक २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ। यसअघि यस्तो सीमा प्रतिपटक २५ हजार रुपैयाँ थियो।

नक्कली कार्डमार्फत एटीएमबाट रकम चोरी भएपछि सुरक्षाको कारण देखाउँदै राष्ट्र बैंकले प्रतिदिन रकम निकाल्न मिल्ने सीमा घटाएको हो। बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखेर उल्लिखित सीमा घटाउन सकिने छुट राष्ट्र बैंकले दिएको छ।

यस्तै, कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट पीओएस मसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्नु पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रतिक्रिया