२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सरकारको ‘जनविरोधी’ गतिविधिबारे जनता जागरुक बनाउँदै काँग्रेस

1563 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गते शुरु गर्ने भएको छ । नेपाली काँग्रेसले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।

सो जागरण अभियान ३३० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रित प्रतिनिधि खटाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि काँग्रेसले जनाएको छ ।

त्यसैगरी पार्टी प्रवेशका लागि अभियान चलाउने, पार्टीका माथिदेखि तल्लो तहका नेताहरुबीचको सम्वादलाई घनिभूत बनाउने पनि जागरण अभियानको उद्देश्य रहेको छ । असोज ७ गतेसम्म आयोजना हुने १५ दिने सो जागरण अभियानले पार्टी संगठनलाई चुस्त बनाउने विश्वास लिइएको प्रवक्ता शर्माले बताए।

नेपाली काँग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत बैशाख २५ गतेबाट जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो। पहिलो चरणको राष्ट्रिय जागरण अभियान जिल्ला केन्द्रित थियो भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित हुने पनि प्रवक्ता शर्माले बताए। नेपाली काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई चर्काउने मूल उद्देश्यका साथ चरणवद्ध रुपमा राष्ट्रिय जागरण अभियानलाई निरन्तरता दिएको हो ।

प्रतिक्रिया