
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै त्रिभुवन शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी १५ औं पटक अनशनमा रहिरहेकावेला एकजना मेडिकल सञ्चालक र कानुनमन्त्रीले दिएको अभिव्यक्ति सर्वत्र आलोचनाको विषय बनेका छन् ।
प्रस्तावित बि एण्ड सी मेडिकल कलेल सञ्चालक दुर्गा प्रसाईं र कानुनमन्त्री शेरबहादुर तामाङको उक्त आपत्तिजनक अभिव्यक्तिप्रति बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरुले आपत्ति जनाएका छन् ।
साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्बोधनमा उनले बंगलादेश पढ्न गएका छात्राहरुले प्रोफेसरहरुलाई शरिर सुम्पिनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसैगरी प्रसाईले ५ बर्षमा सक्ने एमवीवीएस अध्ययन महिलाहरुलाई किन ७ बर्ष लाग्छ भनेर कानुनमन्त्रीले भन्दा अघि नै विवादीत भाषण गरेका थिए ।
यस्ता अभिब्यक्ति नेपालमा नै विवादीत भइरहेकावेला बंगलादेश अध्ययनरत छात्राहरुले प्रसाईं र तामाङलाई मात्र होइन् पूर्वस्वास्थ्य मन्त्री गगन थापाको अधिव्यक्तिले पनि आफुहरुको मानहानी भएको बताएका छन् । पूर्वमन्त्री गगन थापाले समेत बंगलादेशमा सर्टिफिकेट किनवेच हुने आरोप लगाएका थिए ।
हेर्नुहोस् भिडियो :