२०८३, १८ असार बिहीबार
×

ट्रेन्डिङ

कानुनमन्त्रीसँगै बंगलादेशबाट छात्राहरुले गगन थापालाई दिए यस्तो जवाफ (भिडियो)

1755 Shares
Spread the love

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै त्रिभुवन शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी १५ औं पटक अनशनमा रहिरहेकावेला एकजना मेडिकल सञ्चालक र कानुनमन्त्रीले दिएको अभिव्यक्ति सर्वत्र आलोचनाको विषय बनेका छन् ।

प्रस्तावित बि एण्ड सी मेडिकल कलेल सञ्चालक दुर्गा प्रसाईं र कानुनमन्त्री शेरबहादुर तामाङको उक्त आपत्तिजनक अभिव्यक्तिप्रति बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरुले आपत्ति जनाएका छन् ।

साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्बोधनमा उनले बंगलादेश पढ्न गएका छात्राहरुले प्रोफेसरहरुलाई शरिर सुम्पिनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसैगरी प्रसाईले ५ बर्षमा सक्ने एमवीवीएस अध्ययन महिलाहरुलाई किन ७ बर्ष लाग्छ भनेर कानुनमन्त्रीले भन्दा अघि नै विवादीत भाषण गरेका थिए ।

यस्ता अभिब्यक्ति नेपालमा नै विवादीत भइरहेकावेला बंगलादेश अध्ययनरत छात्राहरुले प्रसाईं र तामाङलाई मात्र होइन् पूर्वस्वास्थ्य मन्त्री गगन थापाको अधिव्यक्तिले पनि आफुहरुको मानहानी भएको बताएका छन् । पूर्वमन्त्री गगन थापाले समेत बंगलादेशमा सर्टिफिकेट किनवेच हुने आरोप लगाएका थिए ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया