२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

अक्टोबर १४ तारिखसम्म बेलायतको संसद निलम्बित

784 Shares

बेलायतकी महारानी एलिजाबेथले संसद निलम्बन गर्ने सरकारको सिफारिस स्वीकृत गरेकी छन् । ब्रिटेनको संसद्लाई ब्रेक्जिट प्रक्रियाको महत्वपूर्ण पाँच हप्ताजति निलम्बित गरिएको छ ।यसको अर्थ सेप्टेम्बरको सुरुमा संसद् जाने सांसदहरू अक्टोबर १४ तारिखभन्दा पहिले संसद् फर्किने छैनन् । त्यो भनेको ब्रिटेनले युरोपेली संघ इयु छाड्ने समयसीमाभन्दा दुई हप्तामात्र अगाडि हो ।प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियालाई प्रभावित पार्ने संसद्को अधिकारलाई आफूले अवरुद्ध पार्न नचाहेको बताएका छन् ।

उनका अनुसार अक्टोबर १४ तारिखमा महारानी एलिजाबेथले संसद्मा सम्बोधनमार्फत् सरकारका नीतिहरू सार्वजनिक गर्नेछन् ।त्यसअघि संसद् निलम्बन गर्न सरकारले महारानी एलिजाबेथलाई आग्रह गरेको थियो ।सत्ताधारी टोरी पार्टीका ब्याकबेञ्च सांसद तथा ब्रिटेन इयुमा नै रहनुपर्छ भन्ने एकजना अभियानकर्मी डोमिनिक ग्रीइभले सरकारको योजनालाई अस्वीकार्य कदम भनेका छन् ।उनले प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन सकिने चेतावनी दिए ।
तर प्रधानमन्त्री कार्यालयको एक समाचार स्रोतले सरकारको कदमको बचाउ गर्दै अब नयाँ सरकार र नयाँ प्रधानमन्त्रीले ब्रिटेन इयुबाट बाहिरिएपछिको अवस्थाका लागि योजना प्रस्तुत गर्ने बेला भएको बताएको बीबीसीले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया