२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

पौडेल अस्वस्थ भएपछि काँग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

1157 Shares
Spread the love

काठमाडौँ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार दिउँसो २ बजे बोलाइएको केन्द्रीय समिति बैठक बिहीबारका लागि सरेको छ।

बुधबार नर्भिक अस्पतालमा पौडेल इन्डोस्कोपीको लागि भर्ना भएपछि कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ।

इन्डोस्कोपी गरिएपछि आराम गर्नु पर्ने नर्भिकका चिकित्स डा.मधु घिमिरे सुझाव दिएको पौडेलका शोकीय सचिव चिरन्जवी पौडेलले जानकारी दिए।

यसअघि प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भातृ संस्थाहरूबारे छलफल गर्न बैठक डाकिएको थियो।

असार २२ गते महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा पेश गरेको १४ एजेन्डामध्ये अन्तरिम संरचना गठन गर्ने लगायत केही विषयमा मात्रै छलफल गरी निर्णयमा कांग्रेस पुगेको छ भने अधिकांश एजेन्डा छलफल हुन बाँकी नै छ।

प्रतिक्रिया