२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

पाकिस्तानद्धारा भारतका लागी आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारीमा

2241 Shares

काठमाडौं – पाकिस्तानले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी थालेको छ । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी भएको बताएका हुन् ।

चौधरीका अनुसार पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपले भारतका लागि बन्द गर्ने विषयमा विचार भइरहेको बताएका छन् । यस्तै भारतले अफगानिस्तानसँगको व्यापारका लागि पाकिस्तानी जमिन प्रयोग गर्ने गरेको र त्यसमा पनि प्रतिबन्ध लगाउने तयारी भएको फवाद चौधरीले बताएका हुन् ।

प्रतिबन्धका लागि कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको र चाँडै नै औपचारिक रुपमा घोषणा हुने उनले जानकारी दिएका छन् ।

मन्त्री फवाद हुसैन चौधरीले लेखेका छन्, ‘प्रधानमन्त्री इमरान खानले भारतका लागि पाकिस्तानी हवाई क्षेत्र पूर्ण रुपले प्रतिबन्धित गर्ने विषयमा विचार गरिरहनु भएको छ । योसँगै अफगानिस्तानसँगको व्यापारका लागि भारतले पाकिस्तानी रुटको प्रयोग गर्ने गरेको छ र यसमा पनि प्रतिबन्ध लगाउने तयारी भएको छ । केही कानूनी औपचारिकता बाँकी छन् । यो निर्णय विचाराधीन छ । मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी्) ले सुरु गरेको प्रक्रिया हामीले अन्त्य गर्नेछौँ ।’

पाकिस्तानी प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गरेपछि चौधरीको यस्तो भनाई आएको हो । प्रधानमन्त्री इमरान खानले सम्बोधनको क्रममा भनेका थिए कि, पाकिस्तान कश्मीरको विषयमा चुप लागेर बस्ने छैन ।

प्रतिक्रिया