२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेविसंघको महाधिवेशनबारे कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक बस्दै

1220 Shares
Spread the love

भदौ ११, २०७६

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज बस्दैछ।

दुई हप्तापछि केन्द्रिय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको भ्रातृसंस्थालाई सक्रिय बनाउने विषयमा छलफल हुने बताइएकाे छ।

भ्रातृ संस्थाको विधान पारित र अवधि सकिएका भ्रातृ संस्थाको अधिवेशन तोक्ने वा तदर्थ समिति बनाउने भन्ने निर्णय बैठकले गर्ने नेताहरुले बताएका छन्। विघटित नेविसंघ, चार जना पदाधिकारीको भरमा चलिरहेको तरुण दल, दलित संघ, किसान संघ, आदिवासी जनजाती संघलगायतबारे बैठकमा छलफल हुनेछ।

बैठकले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन जारी गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय पार्टी कमिटीसँग समन्वय गरेर अघि बढ्न जनप्रतिनिधिलाई निर्देशन दिन लागिएको उनले जानकारी दिए।  बैठकमा पार्टीको जागरण अभियानबारे पनि छलफल हुने केन्द्रीय सदस्य प्रदिप पौडेलले बताए।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ गतेदेखि सुरु हुँदैछ। यसअघि साउन २९ गते बसेको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदन पेश भएको थियो।

प्रतिक्रिया