२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेपाल र भारतका महान्यायाधिवक्ताबीच भेट

2891 Shares
Spread the love

काठमाडौं- महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र भारतका महान्यायाधिवक्ता के के वेणुगोपालबीच भेटघाट भएको छ। मंगलबार दिल्लीमा उनीहरूबीच भेटघाट भएको हो।

भेटमा दुईपक्षीय हितका र चासोका विषयमा छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले बताएको छ।

दुईपक्षीय हितका विषमाय मात्र उल्लेख गरिएक कुन कुन मुद्दामा केकस्तो छलफल भएको भन्ने बारे खुलाइएको छैन। तर आगामी असोज ३ गते नेपालको संविधान दिवस परेकाले सो अवसरमा भारतबाट उच्च तहको राजकीय भ्रमण गराउने विषय हुन सक्ने आँकलन गरिएको छ।

यस अघि नै नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसका अवसरमा हुने विषेश समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्न निम्ता दिएको समाचार प्रकाशन भइसकेका छन्।

भारतस्थित नेपाली दूतावासले पनि दुबै देशका महान्यायाधिवक्ताबीच भेट भएको पुष्टि गरेको छ।

प्रतिक्रिया