२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

नाडामा टोयोटाका तीन हाइब्रिड कारहरु सार्वजनिक

2579 Shares
Spread the love

काठमाडौं– नेपालका लागि टोयोटा मोटर्सको एकमात्र आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शो २०१९मा दुइवटा हाइब्रीड मोडलहरु र्याभ फोर हाइब्रिड र क्याम्री हाइब्रिडका साथ र्याभ फोर ग्यासोलिन सार्वजनिक गरेको छ ।

टोयोटा हाइब्रिडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रिडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्छ ।

हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रीक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा  चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ ।

हाइब्रिडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन स इ.भी. मोड जसमा ब्याट्री मात्र खपत भइ शुन्य इमीसन हुन्छ , इ.को. मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवर्धक प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रिड ब्याट्रीको सहायतामा  गतीवद्रघन बुस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।

नयाँ र्याभ फोर हाइब्रिडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड, स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।

ब्याट्रीको लागि प्लगड (इन आवश्यकता  नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल (भी. एस. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टी. आर. सी )का साथ, एन्टीलक ब्रेकिङ सिस्टम (ए. बी. एस),  इमेर्जेन्सी सिग्नल सिस्टम (इ. एस.एस.) का साथ हुनुका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोल (एच. ए. सी.)को प्रबन्ध पनि रहेको छ । बजारमा यस सवारीको मूल्य १ करोड ३४ लाख रुपैँया रहेको छ ।

यसैगरी नयाँ क्याम्री हाइब्रिडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ कि.मी. प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड, स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।

ब्याट्रीको लागि प्लगड (इन आवश्यकता नभएको  यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल (भी. एस.सी.), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टी. आर. सी)का साथ, एन्टीलक ब्रेकिङ सिस्टम (ए. बी. अय्स),  इमेर्जेन्सी सिग्नल सिस्टम (इ. एस.एस.) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मूल्य १ करोड ३१लाख रुपैँया रहेको छ ।

प्रतिक्रिया