२०८३, १० कार्तिक सोमबार
×

भारतको अर्थव्यवस्था इतिहासकै गम्भीर संकट तर्फ

1694 Shares

भारत – भारतको अर्थव्यवस्था इतिहासकै गम्भीर संकट तर्फ उन्मुख रहेको नीति आयोगका उपाध्यक्ष राजीव कुमारले चेतावनी दिएका छन् । हाल देखिएको नगदको संकट अति नै गम्भीर रहेको उनको भनाई छ।

राजीव कुमारले भनेका छन्, ‘पछिल्लो ७० वर्षमा कसैले पनि यस्तो परिस्थिति देखेका थिएनन् । सबै वित्तिय क्षेत्र उथल–पुथल अवस्थामा चललिरहेको छ । निजी क्षेत्रमा कसैले पनि एकअर्कालाई विश्वास गरेका छैनन् । कोही पनि कसैलाई ऋण दिन तयार छैनन्, सबैले नगदकै दाबी गरिरहेका छन्।’

भारतको राजधानी दिल्लीमा भएको एक कार्यक्रमको क्रममा हाल अर्थव्यवस्था जडताको अवस्थामा रहेको बताएका हुन् । यो जडता तोड्नका लागि अभूतपूर्व कदम चाल्नु पर्ने आवश्यकता रहेको उनले बताएका छन् ।

निजी क्षेत्रमा रहेको आशंका हटाउनका लागि सरकारले सबै प्रयास गर्नु पर्ने उनले बताए।

उनले भने, ‘नोटमा लगाइएको प्रतिबन्ध, जिएसटी तथा आइबिसीपछि हरेक चिज फेरिएको छ । पहिले ३५ प्रतिशत नगद उपलब्ध हुन्थ्यो, अब यो निकै कम भएको छ । जसका कारण वित्त अवस्था जटिल बनेको छ ।’

प्रतिक्रिया