1283
Shares
काठमाडौं । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए ।
बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्थाका विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघबारे छलफल गर्ने कार्यसूची थियो ।
तीमध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए पनि छलफल बिनै पारित भएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले यो समाचार लेखेका छन् ।