२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

3137 Shares
Spread the love

दाङ – देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।

बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।

प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्लाको उच्च प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया