काठमाडौं । संसदमा रहेका प्रमुख राजनीतिक पार्टीहरूको सर्वदलीय बैठकमा नेताहरूले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका विषयमा आफूहरू एकताबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार सम्पन्न बैठकमा नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।