२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

ओली सरकार असफल हुँदै गएको संकेत गर्ने १० कारण

1170 Shares

प्रधानमन्त्री नियुक्त हुँदै गर्दासम्म केपी ओली लोकप्रिय थिए । इतिहासकै सर्वाधिक राष्ट्रवादी नेताको रुपमा उनको शिर उचो थियो । सामाजिक सञ्जालमा उनको विपक्षमा एउटा शब्दपनि लेख्न सक्ने अवस्था थिएन ।

छोटो समयमा नै अवस्था फेरियो । उनका भनाई र गराईहरु विवादित हुँदै गए । हुँदाहुँदा यस्तो भयो कि, सामाजिक सञ्जालमा उनको पक्षमा लेख्न आजका मितिमा धेरै हिम्मत बटुल्नु पर्छ । हिजो पक्षमा र आजविपक्षमा लेख्दा बढी लाइक आउँछ ।

प्रधानमन्त्री ओलीले केही दिन अघि सरकारको बचाउ नगरिदिएको भन्दै आफ्नै नेता तथा कार्यकर्ता प्रति असंतोष व्यक्त गरेका छन् । हुनपनि ओली सरकारले दुई तिहाई बहुमतको सरकार भएर पनि कुनैपनि निर्णय गर्दा विपक्षीको तगारो सामना गरिरहनु परेको छ ।

विगतका अल्पमत सरकार जस्तै संझौता, झुकाइ, भागबण्डाको अपेक्षा विपक्षी कांग्रेसमा रहेकोले सरकारलाई विवादीत बनाउने प्रयास भएको हो भनेर बुझ्न सकिन्छ ।

सिन्डिकेट अन्त्यको घोषणा गर्दा विपक्षी कांग्रेसले विरोध जनायो । कामचोर ठेकेदारालाई कारवाही गर्न थाल्दा कांग्रेस तिलमिलायो । तर यिनै जनपक्षीय काम फत्ते नगर्दा नेकपाका तल्लो तहका कार्यकर्ता शसंकित भए ।

त्यसैगरी बस ब्यवसायी, ठेकेदार र जाली फटाहालाई आक्रमणगर्दा दलालहरु पनि सरकार प्रतिचिढिए । जसले चुनावीखर्च र प्रचार प्रसारमा गुन लगाएर आफूलाई पार्टीको भित्रिया बनाइसकेका थिए ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस् :

प्रतिक्रिया