२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

रवि लामिछानेलाई भेट्न कांग्रेस नुवाकोट सभापती केसी चितवनमा

1110 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी संचारकर्मी रवि लामिछानेलाई भेट्न सोमबार चितवन जाँदैछन् । 

लामिछाने यतिबेला पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा सोधपुछका लागि चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् । 

घटनामा पुडासैनीलाई आत्महत्या गर्न वाध्य पारेको भन्दै रविसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको बताएको छ । 

केसीलाई भेट्न यसअघि काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू, कुन्दन काफ्ले लगायत पुगिसकेका छन् । 

दुई हप्ताअघि चितवनको भरतपुरस्थित एक गेष्ट हाउसमा पुडासैनीको शव भेटिएको थियो । उक्त घटना स्वभाविक आत्महत्या हो वा हत्या भन्नेसमेत पुष्टि हुन नसकेको अवस्थामा गम्भीर प्रश्न खडा भएको नेता केसीले बताएका छन् । 

विज्ञप्ति जारी गर्दै उनले कतै षडयन्त्रको सिद्धान्त अनुरुप रविलाई यो घटनामा फसाउन खोजिएको त हैन भन्ने प्रश्न पनि उब्जिएको बताएका छन् । उनले कुनै पूर्वाग्रह राखेर फसाउन खोजिएको आशंका बढेको भन्दै सत्यतथ्य अनुसन्धानमा पनि जोड दिएका छन् । 

रवि लामिछाने कुनै राजनीतिक दलसंग आवद्ध नभएको दावी गर्दै आएका छन् । यद्यपि उनको विवाह भने गत वैशाखमा राप्रपाका कोषाध्यक्ष उद्धव पौडेलकी छोरी एवं चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलसंग भएको थियो । 

विज्ञप्तिसहित 

प्रेस विज्ञप्ती
दुई हप्ताअगाडि चितवनको भरतपुरस्थित एक गेस्टहाउसमाआत्महत्यागरेको भनिएका पत्रकार शालिक राम पुडासैनीको निधनले जनस्तरमा अनेकौँ आशंका भ्रम उत्पन्न भएको आत्महत्याभनिएको घटनाको प्रकृति त्यसअघि पत्रकार शालिक रामले भिडिओ रेकर्डमा दिएको मृत्युको घोषणा (डाइङ डिक्लियरेशन) हेर्दा स्वाभाविक आत्महत्या हो कि हत्या हो भन्ने गम्भीर प्रश्न उठेको  

निधन भएका पत्रकार शालिकराममाथि अनेकौँ असाधारण दबाबपछि उनी बाध्यतापूर्वक सो वक्तब्य दिन विवश भएर षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) अनुरुप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो ? भन्ने आमचासोलाई स्पष्ट गर्नु जरुरी उनी मेरो जिल्लाका निवासी सहयागी पत्रकार भएको नाताले पनि यसबारेमा सोधखोज गर्नु हामी आफ्नो दायित्व तथा जिम्मेवारी मान्दछौँ

यसबारे सरकारी अनुसन्धान चलिरहेको जुनसुकै कारणले गर्दा होस्, पत्रकार शालिकराम पुडासैनी असाधारण मानसिक यातना, दबाब अन्यायको परिणामस्वरुप मृत्यु वरण गर्न पुगेको हुनाले उनीमाथि घोर अन्याय अपराध भएको देखिन्छ अनुसन्धानका लागि जुनसुकै सहयोग गर्नेसार्वजनिक प्रतिबद्धता जनाउँदा जनाउँदै, प्रेस स्वतन्त्रताका नियमलाई मिचेर पत्रकार रवि लामिछानेको कार्यालयभित्रै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको घटना पनि त्यति नै दुराशययुक्त एवं निन्दनीय

कसैलाई पीडित बनाउँदै निहित स्वार्थ पूरा गर्न खोज्ने आपराधिक तत्वले यसबाट कुनै पनि रुपबाट नाजायज लाभ लिने अवसर नपाओस् पक्राउ परेका वा मृत्यु भएका कोही पनि अन्यायको शिकार नबनुन् तसर्थ अनुसन्धान निष्पक्ष, मोलाहिजाबाट मुक्त न्यायोन्मुख होस् यसका लागि उच्चस्तरीय छानबीन आयोग नै गठन गरी पीडितलाई न्याय तथा परिपूरण पीडकलाई हदैसम्मको सजाय दिने न्यायिक प्रक्रियाले काम गरोस्

जगदीश्वरनरसिंह केसी 
मिति२०७६०५०१                                            सभापति
                                                       
नेपाली काँग्रेस, नुवाकोट

प्रतिक्रिया