२०८३, १० कार्तिक सोमबार
×

बिजेपी नेताका छोराद्वारा आत्महत्या,कारण यस्तो

1909 Shares

एजेन्सी – झारखण्डका मुख्यमन्त्री रघुवर दासको विधानसभा क्षेत्रमा बिजेपीका बारीडीह मण्डलका आईटी सह–संयोजक कुमार विश्वजीतका छोराले आत्महत्या गरेका छन् । २६ वर्षका कुमार आशीष ‘टाटा मोटर्स’ को जबवर्क गर्ने कम्पनी ‘अटोमैटिक एक्सेल’ मा काम गरिरहेका थिए ।

आफ्नो मृत्युको एक घण्टा पहिले उनी श्रीमतीसँग भेट्न उनको कलेज गएका थिए । यसका साथै उनले आफ्ना साथीहरुसँग पनि समय बिताएका थिए । त्यसपछि घर फर्केका उनले पंखामा झुण्डिएर आत्महत्या गरे । उनलाई चिन्ता थियो कि अटो सेक्टरमा आएको मन्दीका कारण उनको जागिर छुट्ने पो हो कि?

तर उनले आफू तनावमा रहेकोबारे श्रीमती र साथिहरुलाई कुनै संकेत दिएका थिएनन् । उनले कुनै सुसाइड नोट पनि छोडेका छैनन् । प्रहरीले उनको आत्महत्याको कारण खोजी गरिरहेको जनाएको छ ।
‘अहिलेसम्मको अनुसन्धानका क्रममा उनमा जब इनसिक्योरिटी (जागिरलाई लिएर असुरक्षाको भावना) पनि थियो । तर हामीलाई आत्महत्याको मुल कारण पत्ता लगाउन केही समय लाग्नेछ’, जमशेदपुरका एसपी सुभाषचन्द्र जाटले बिबिसीसँग भनेका छन् ।

के जागिर गुम्ने डर थियो?
आशीषका बुवा कुमार विश्वजीत बिजेपी नेता हुनुका साथै टाटा स्टीलका लागि कन्ट्रेक्टमा काम गर्थे । उनले भनेका छन कि उनको कम्पनी टिस्को मा पनि ट्रेनिङपछि टेस्ट लिने गरिन्छ ।

‘ट्रेनिङ को प्रक्रिया पूरा गर्न सक्नु केही कठिन छ । कर्मचारीहरुलाई डर छ कि यदि टेस्टमा फेल भएमा अर्को दिन उनीहरुको गेट पास बन्छ या बन्दैन । यस्तोमा उनीहरुलाई आफ्नो जागिरप्रति चिन्ता छ ।’
कुमार विश्वजीतले बिबिसीसँग भने, ‘केही दिन पहिले हामीले घरमा यो कुरा गरेका थियौँ कि यदी मेरो जागिर छ्ट्यो भने घर कसरी चल्नेछ? त्यो बेला मेरो छोराले पनि भनेको थियो कि उसको जागिर पनि खतरामा छ । तर यो आत्महत्याको कारण हो भनेर हामी भन्न सक्दैनौँ किनभने, उसले परिवारका कसैसँग पनि यसबारेमा कुरा गरेको थिएन । आशीषले आफ्नी श्रीमतीलाई पनि केही भनेको छैन । हामी अचम्ममा परेका छौँ अचानक उसले किन मृत्यको बाटो रोजेको होला ।’

ज्योति अप्रत्यासित घटनाले गहिरो शोकमा छिन् । एक वर्ष पहिले मात्रै आशीषसँग उनको प्रेम विवाह भएको थियो । गएको अगस्ट ८ मा उनको जन्मदिन थियो ।

ज्योति जमशेदपुरको गोलमुरी अब्दुल बारी कलेजमा काम गर्छिन् । शुक्रबार बिहान १० बजे उनलाई आशीषले नै कलेज छोडेका थिए । सोही दिन दिउँसो केही स्टेशनरी दिन आशीष दोस्रो पटक कलेज गएका थिए । त्यो नै आशीषसँगको उनको अन्तिम भेट थियो ।

यो भन्दा पहिला पनि जमशेदपुरकै एक युवा इन्जिनियर प्रभात कुमार उर्फ राजाले पनि आफ्नो जागिर गुमेपछि आफैलाई आगो लगाएर आत्महत्या गरेका थिए ।

झारखण्ड सरकारले उनलाई प्रधानमन्त्री कौशल विकास योजनामा तालिम दिएको थियो।

झारखण्ड सरकारले बिजुलीको मूल्य बृद्धी गरेपछि र क्लोजरका कारण टाटासँग जोडिएका तीन दर्जनभन्दा धेरै कम्पनीहरु बन्द भएका छन् । यी कम्पनीहरुमा कार्यरत कर्मचारीहरु अलपत्र परेका छन् ।
पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले यति ठूलो संख्यामा मानिसहरु बेरोजगार भएकोमा सरकारको आलोचना गरेका छन्। उनले रघुवर दासको सरकारले मानिसहरुको रोजगारीको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् ।

यसबारेमा झारखण्ड सरकार, टाटा समूह या योसँग सम्बन्धित कम्पनीहरुले कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया