२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री

1059 Shares
Spread the love

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उहाँले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताउनुभयो ।  केहीले प्रधानमन्त्री लगलग÷लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उहाँले भन्नुभयो, ‘पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले । राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन ।’ यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उहाँले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया