२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

टुंगियो नेकपाका विभागको जिम्मा, स्कुल विभाग प्रमुख बने ईश्वर पोखरेल

1081 Shares
Spread the love

नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ। शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले  पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार  ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्। लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन्।

सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ।  नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन्।  त्यस्तै नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ।  पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् भने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ।  १४ महिनाअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विभागहरूको नेतृत्व टुंगो नलाग्दा एकता प्रक्रिया अल्झिएको थियो।  पछिल्लो समय पार्टीका नीतिबारे प्रशिक्षण दिने स्कुल विभागको जिम्मा कसलाई दिने भन्नेबारे कुरा नमिल्दा बैठक लम्बिरहेको थियो।

प्रतिक्रिया