साउन ३१- भारत सरकारले जम्मू कश्मीरको विषेशाधिकार खारेज गरेपछि पाकिस्तानले यसको चर्काे आलोचना गरिरहेको छ । पाकिस्तानले कश्मीरी जनताको आवाज मोदी सरकारले दबाउँन खोजेको भन्दै कश्मीर मुद्धा अन्तराष्ट्रिय मुद्धा बनाउँने चेतावनी दिएको थियो । पाकिस्तानले विश्व समूदायको समर्थन माग गरे पनि उसले भने जस्तो समर्थन पाएन । यतिसम्मकी मुस्लिम देशहरुबाट पनि पाकिस्तानले उक्त समर्थन पाएन ।
संयुक्त राष्ट्र संघले समेत कश्मीर मुद्धामा हस्तक्षेप नगर्ने भन्यो तर चीनले भने पाकिस्तानलाई समर्थन ग¥यो । चीनले समर्थन गरेपछि पाकिस्तानले लगेको प्रस्तावमा आज शुक्रबार छलफल हुँदैछ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको बैठक चीनले आह्वान गरेपछि भारत सरकारले जम्मू कश्मीरमा गरेको निर्णयमाथि छलफल हुन लागेको हो । आकस्मिकरुपमा आह्वान गरिएको बैठक स्थानीय समय अनुसार बिहान १० बजे बस्दैछ । चीनको समर्थन भएपछि पाकिस्तानको प्रस्तावमाथि छलफल हुने भएपछि पाकिस्तानले राहत महसुस गरेको छ ।

पाकिस्तान मोदी सरकारले जम्मू कश्मीरमा गरेको विषेशाधिकार खारेजको निर्णय उल्ट्याउँन चाहान्छ । यता भारत र पाकिस्तानको सिमामा दोहोरो भिडन्तमा पनि भएको छ । जुन भिडन्तमा पाकिस्तानका ३ र ५ भारतीय सेनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । तर भारतले भने आफनो सेना मारिएको कुरालाई अस्वीकार गरेको छ । एजेन्सीको सहयोगमा