२०८३, १० कार्तिक सोमबार
×

रुसमा २३३ यात्रु बोकेको विमान मकैबारीमा अवतरण, सबैकाे ज्यान बच्याे

1003 Shares

रुसको राजधानी मस्को नजिकै २३३ जना यात्रु बोकेको हवाइजहाज चराहरुको झुण्डसँग ठोकिएपछि बिहीबार मकैबारीमा अवतरण गरेको छ ।  त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार उरल एअरलाइन्सको त्यस जहाजमा रहेका २३३ मध्ये २३ जना यात्रुहरु घाइते भएका छन् भने कुनै मानवीय क्षति भएको छैन । जहाज आकाशमा उडिरहेका चराहरुको झुण्डमा ठोकिएर इन्जिनमा समस्या आएका कारण मस्कोको  दक्षिण पूर्वमा रहेको एउटा मकैबारीमा आकस्मिक अवतरण गराइएको थियो । स्थानीय इन्टरफ्याक्स समाचार संस्थाका अनुसार २३ मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय पत्रिकाले २३३ यात्रुको ज्यान बचाउने पाइलटको बहादुरीको प्रशंसा गर्दै लेखेको छ, ‘इन्जिन नचल्ने तथा ल्याण्डि गियर बन्द हुँदा पनि सुझबुझसहित मकैबारीमा विमानतरण गराएर २३३ यात्रुको ज्यान बचाउने पाइलट दामिर युसुपोभ साँच्चै ‘हिरो’ हुन् ।’ यो घटनालाइ कसैकसैले भने सन २००९ मा अमेरिकी वायुसेवाको विमा अवन सारसको समूहसँग ठोक्किएपछि हड्सन नदीमा अवतरण गरेको घटनासँग तुलना गरेका छन् । रुसी नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एलेना मिखेयेभाले आकस्मिक अवतरण गर्ने क्रममा जहाजको इन्जिन बन्द रहेको र ल्याण्डि गियर पनि अड्केको आधिकारिक जानकारी दिइन् । ‘विमान उडेलगत्तै हल्लिन सुरु गरेको थियाे’, स्थानीय टेलिभिजनलाई अन्तरवार्ता दिँदै एक यात्रुले भने, ‘पाँच सेकेण्डपछि जहाजको दायाँपट्टिका बत्तीहरु चम्किला भए र केही जलेको गन्धसमेत आयो । त्यसपछि अवतरण भयो र सबै भागाभाग गर्न थाले ।’

प्रतिक्रिया