२०८३, १० कार्तिक सोमबार
×

“भारतले आक्रमण गर्न सक्छ भन्ने सूचना पाएका छौँ” :- इमरान खान

860 Shares

साउन २९-  पाकिस्तानले आज आफनो ७३ औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाएको छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पाकिस्तानले आफनो स्वतन्त्रता दिवस मनाएको हो । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री इमरान खान पाकिस्तान प्रशासित कश्मीर पुगेका थिए । कश्मीरमा इमरानले सम्बोधन गर्दै भारतले जम्मू कश्मीरबाट अनुच्छेद ३७० खारेज गरेको भन्दै आलोचना गरे । कश्मीरी जनताको आवाजलाई मोदी सरकारले दबाउँन खोजेको भन्दै उनले विषेशाधिकार खोसिएको भन्दै आलोचना गरे । साथै उनले भारतले पाकिस्तान प्रशासित (पीओके) मा आक्रमण गर्न सक्ने पनि बताए । भारतले सिमा क्षेत्रमा आफनो सैन्य गतिविधि बढाएको भन्दै उनले पीओकेमा भारतले आक्रमण गर्न सक्ने बताएका हुन् ।

उनले भने यदि “भारतले आक्रमण गरे हाम्रो सेना पनि तयार छ । यदि केही भईहाल्यो भने त्यसको बराबर जवाफ हामी पनि दिन्छौँ” । पीओकेको विधानसभा पुगेका इमरानले सम्बोधन कै क्रममा अगाडी भने “जम्मू कश्मीरको मामिलामा मैले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको यर्थाथता विश्वको अगाडी राखिसकेको छु । भारत कश्मीरमात्र सिमित रहने छैन । हामीले गोप्य सूचना पाएका छौँ की भारतले पीओकेमा पनि हस्तक्षेप गर्न सक्छ” । सम्बोधनकै क्रममा उनले सबै पाकिस्तानीहरु कश्मीरको स्वतन्त्रताका लागि लड्न तयार रहेको पनि बताए । उनले भारतीय मुसलमानहरु पनि डराई डराई बाँचिरहेको दाबी गरे ।

उनले भने “कश्मीरमा बर्तमान समय भईरहेको गतिविधि घाटीका मुस्लिमहरुका लागि पनि चेतावनी हो” । कश्मीर मुद्धामा विश्व समूदायले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले आपत्ति पनि जनाए । साथै कश्मीरको आवाजलाई संयुक्त राष्ट्र संघसंगै वैश्विक मञ्चसम्म लैजाने उनले घोषणा गरे । यसैगरी आज नै पाकिस्तानका राष्ट्रपतिले देशवासीका नाममा सम्बोधन गर्दै पाकिस्तानले युद्ध नचाहेको तर भारतले आक्रमण गरे जिहाद र प्रतिकार बाहेक अन्य विकल्प नभएको भन्दै चेतावनी दिए । उनले पाकिस्तानले शान्ती र अमनचयन चाहेको तर यसैलाई भारतले पाकिस्तानको कमजोरी पनि नठान्न चेतावनी दिएका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया