साउन २९- मोदी सरकारले आतंकवादमाथि नियन्त्रण , बिकास र समृद्धी र महिला बालबालिकाहरुको हकहितका लागि भन्दै जम्मू कश्मीरबाट विषेशाधिकार खारेज ग¥यो । यस प्रकरणले यतिबेला जम्मू कश्मीर भित्रभित्रै जलिरहेको छ । बिषेशगरी कश्मीरी मुस्लिमहरुले सरकारको यस कदमको आलोचना गरिरहेका छन् । यसबीच भारतीय सांसद एवं एआईएमआईएमका अध्यक्ष असदुद्दीन ओवैसीले मोदी सरकारको यस कदमको चर्काे आलोचना गरेका छन् । केन्द्र सरकारको कश्मीर नीतिको आलोचना गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि नै बिवादित बयान दिएका छन् ।
उनले मोदीमा पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु र सरदार वल्लभ भाई पटेलको जस्तो राजनीतिक ज्ञान नभएको बताएका छन् । साथै उनले मोदी सरकारलाई कश्मीरी जनताको माया नभई कश्मीरको जमीनको माया भएको दाबी गरे । सञ्चारकर्मीहरुसंग बोल्दै उनले भने सरदार पटेल र पण्डित नेहरुले कश्मीरलाई लिएर जुन फैसला लिएका थिए त्यो राष्ट्र हितमा थियो । मोदीले उनीहरुको आर्दशमा हिडिरहेको दाबी गर्छन् जबकी उनीहरुलाई नै थाहा छैन की उनीहरुले अनुच्छेद ३७० लाई पनि मान्यता दिएका थिए । भाजपालाई सत्तालाई न्यायसंग नभई सत्तासंग प्रेम भएको उनको दाबी छ । एजेन्सीको सहयोगमा