साउन २५- जम्मू कश्मीरको विषेशाधिकार भारत सरकारले खारेज गरेपछि पाकिस्तानले विश्वभरका इस्लामिक देशहरुसंग कश्मीरी जनताका लागि समर्थन गर्न आग्रह गरिरहेको छ । यसबीच अगानिस्तानलाई पनि पाकिस्तानले कश्मीरी मुद्धामा समर्थन जनाउँन आग्रह गरिरहेको समय तालिवानले पाकिस्तानी कदमको आलोचना गरेको छ । उसले अनावश्यकरुपमा पाकिस्तानले अफगानिस्तानलाई उक्त मुद्धामा जोड्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको हो ।
अफगानिस्तानका केही पार्टीहरुले पाकिस्तानलाई समर्थन गर्दै कश्मीरी मुद्धामा देशलाई जोड्न खोजेको भन्दै आपत्ति जनाएको हो । तालिवानका प्रवक्ता जेड मुजाहिदले भने “केही पार्टीले अफगानिस्तान र कश्मीर मुद्धालाई जोड्ने प्रयास गरिरहेको छ । यसबाट केही उपलब्धी हुने वाला छैन । यहाँ चलिरहेको शान्ति प्रक्रिया र कश्मीर मुद्धाको मामिला फरक फरक छ । त्यसैले कश्मीरी मुद्धामा अफगानिस्तानलाई हिस्सा नबनाओस” । यता पाकिस्तानी दूतावासले भने अफगानिस्तानमा चलिरहेको शान्ती प्रयासमा कुनै समस्या आउँन नदिने पनि बताएको छ । एजेन्सीको सहयोगमा