२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

अमेरिका नेपाल सोसाईटी अफ क्यालिफोर्नीयाले कालिकोटको राष्कोटअस्पताल निमार्णको लागी आर्थिक सहयोग

1125 Shares
Spread the love

काठमाडौं – कालिकोटको राष्कोट सामुदायिक अस्पताल निमार्णको लागी अमेरिका नेपाल सोसाईटी अफ क्यालिफोर्नीयाले आर्थिक सहयोग गरेको छ । कालिकोटको दुर्गम स्थानमा निमार्ण भईरहेको राष्कोट अस्पताललाई संस्थाले १ लाँख रुपैयाँ हस्तान्तरण गरेको हो ।

पत्रकार एव्म समाजसेवी रवि लामिछानेको नेतृत्वमा उक्त अस्पताल निमार्ण हुन लागेको हो । अमेरिका नेपाल सोसाईटी अफ क्यालिफोर्नीयाका संस्थापक अध्यक्ष वेद भक्त जोशी,वर्तमान अध्यक्ष चिरञ्जीवी गौतम र समाजसेवी तारा बस्ताकोटी सहितको टोलीले पत्रकार लामिछानेलाई सहयोग हस्तान्तरण गरेका हुन ।

अध्यक्ष चिरञ्जीवी गौतमका अनुसार संस्थाले तराईमा बाढि पहिरोको समस्यालाई मलम लगाउन रकम संकलन गरेको थियो तथापी समन्वयको अभावका कारण त्यहाँ पुराउन नसकेको भन्दै सोही रकम राष्कोट अस्पताललाई दिने संस्थाले निर्णय गरेको हो ।

अध्यक्ष गौतमकाले संस्थाले विदेशी भुमिमा रहेता पनि आफ्नो देशको कला संस्कृती भेषभुषालाई जोगाई राख्न समेत विभिन्न समयमा कार्यक्रम गर्दै आएको बताए । उनले भने ‘संस्थाले करिव १५ सय नेपाली विधार्थीहरुलाई छात्रवृतीमा पढाई सकेको छ, देशका विभिन्न ठाँउहरुबाट उपत्यका आउने जेहन्दार विधार्थीहरुलाई छात्रवृद्धी उपलब्ध गराई सकेको छ । ’

रबि लामिछानेको ड्रिम प्रोजेक्टको रुपमा रहेको सामुदायिक अस्पताल निर्माणको लागि आर्थिक सहयोग स्वदेश तथा विदेशबाट जुटिरहेको छ । उक्त अस्पताल १५ शैयाको हुनेछ ।

अमेरिका नेपाल सोसाईटी अफ क्यालिफोर्नीया १९७३ बाट स्थापित हुँदै आएको संस्था हो ।

प्रतिक्रिया