२०८२, २७ माघ सोमबार
×

ट्रेन्डिङ

शिक्षण अस्पतालमा डा. केसी (हेर्नुस् तस्बिरहरु)

2966 Shares
Spread the love

काठमाडौं– चिकित्सा शिक्षा विधेयकको विरोधमा जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

उनलाई विहीबार साँझ सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। सुरुमा उनलाई वीर अस्पताल लगिएको थियो। त्यहाँ बस्न नमानेपछि सेनाकै एम्बुलेन्समा शिक्षण अस्पताल लगिएको हो।

टिचिङ अस्पतालमा डा केसीलाई गणेशमान सिंह भवनमा राखिएको छ। यो भवनमा आइसियु नरहेको चिकित्सकले बताएका छन्।
यसअघि आइसियुको एक र दुई नम्बरमा केसीलाई राख्ने भनिएको थियो। अस्पतालले त्यही अनुसार तयारी समेत गरेको थियो।

डा केसीले शिक्षण अस्पतालबाटै अनशन जारी राखेका छन्। सरकारले उनकाे थप उपचारकाे प्रयास गरिरहेकाे छ।

प्रतिक्रिया