२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

डिजेल र पेट्रोलको मुल्य फेरी बढ्यो

4703 Shares
Spread the love

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।

त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले घटाएर मूल्य समायोजन गरिएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल १०९ रुपैयाँमा पाइने छ। भने डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ। एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।

हवाई ईन्धनको मूल्य यथावत राखिएको छ। निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करिब ६ अर्व रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्दै आएको छ। यसरी मूल्य समायोजन गरेपछि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुन्छ।

प्रतिक्रिया