साउन २१ – नेकपाका सांसद सांसद गजेन्द्र बहादुर महतले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराज भन्दै आलोचना गरेका छन् । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले पुन र घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका हुन् । उनले उनले कर्णालीको सदरमुकाम जुम्ला अन्धाकार भएको बिषयमा कुराकानी गर्न खोज्दा फोन पनि नउठाएको र भेटन पनि समय नदिएको भन्दै उनले आलोचना गरे । जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको उनको आरोप छ ।
बिषेश समयमा बोल्दै सांसद महतले भने “यति मिडियामा आईसक्यो। यति सामाजिक सञ्जालमा आइसक्यो। यति धेरै हामीले फोन गरिसक्यौ। यति धेरै भेट्न प्रयास गर्यांै हाम्रा श्री ३ महाराजलाई। हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ। अनि अर्का श्री ३ महाराज हुनुहुन्छ उर्जामन्त्री वर्षमान पुन। फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाईदैन।” उनले जुम्लावासीको समस्यालाई पनि राष्ट्रिय समस्याकोरुपमा हेरिदिन उनले आग्रह गरे । उनले अगाडी बोल्दै भने “यी श्री ३ महाराजको फोन कसरी उठ्ने होरु यीनीहरुसँग भेट कसरी गर्ने हो ? यिनीहरुसँग हाम्रो जिल्लाको समस्या कसरी राख्नेरु के विद्युत् प्राधिकरण छैन यो नेपालमारु जुम्ला जिल्ला भन्ने छैनरु जुम्ला जिल्लामा १ लाख मानिसहरु बस्छन्। मोबाईल चलाउन नपाएर कति गाह्रो भईरहेको छ। जात्रा आयो। दशैं आयो, तिहार आयो।”

साथै उनले मन्त्री पुन र घिसिङ यति प्रगती गर्यौ भनेर कुर्लेेका कुर्लै गरिरहेको बरु भारत बेच्न लागिएको भनिएको विद्युत जुम्लालाई बेच्न आग्रह गरे । साथै उनले प्राधिकरणभित्रको कमिसनका बारेमा आफुले सुनेका कुरा सही रहेछ भन्ने समेत लागेको पनि बताए । उनले जुम्लामा पढ्ने विद्यार्थीहरु रहेको , बिरामी रहेको भन्दै भारतलाई बेच्ने विद्युत जुम्लावासीलाई बेच्न आग्रह गरे । उनले भने “मैले सुन्ने गरेको थिएँ। यिनीहरुको सेवा जहाँ कमिसन आउँछ । त्यहा मात्रै विस्तार गर्छन् भन्ने सुनेको थिएँ। आज मलाई विश्वास लागेको छ। यीनीहरु जहाँ पैसा आउँछ। जहाँ पैसा आउछ त्यही मात्रै यीनीहरुले सेवा विस्तार गर्दा रहेछन्।”