साउन २०- भारत सरकारले आज जम्भू कश्मिरलाई लामो समय देखि दिँदै आएको विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरिदिएको छ । यो विशेषाधिकार खारेज भएसंगै यसले भारतसंगै पाकिस्तानमा समेत ठुलो हलचल मच्चिएको छ । कश्मिरमा रहेको विषेशाधिकारमा कश्मिरका स्थायी बासिन्दाबाहेक अरुले कश्मिरमा अचल सम्पति किन्ने वा सरकारी सुविधा वा सरकारी सुविधाहरु पाउँन सक्दैनन् थिए त्यतीमात्र होईन कश्मिरी युवकसंग बिवाह गरेका बाहिरका महिलाहरुलाई समेत त्यहाँका सम्पत्ति उपभोग गर्ने अधिकारी दिईएको थिएन तर यो प्रावधान हटेपछि जम्भू कश्मिरकै अस्तित्व मेटिन सक्ने भन्दै केही बिरोध समेत गरिरहेको छ । यसबीच मोदी सरकारले विभिन्न अवरोध हुँदा हुँदै पनि मोदी सरकारले उक्त विषेशाधिकार खारेज गरेपछि पाकिस्तानमा यसले हलचल मचाएको छ ।
भारतले यस्तो निर्णयपछि पाकिस्तानले यसमा कडा टिप्पणी गरेको छ । पाकिस्तानका बिदेश मन्त्री शाह मोहम्मद कुरैशीले भारतले अनुच्छेद ३७० लाई खारेज गरेर भारतले ठुलो खेल खेलेको बताएका छन् । उनले भारतको यस्तो निर्णयले जम्भू कश्मिरमा भयानक दुर्घटना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन् “भारतले निकै खतरनाक खेल खेलिरहेको छ । यसको असर पुरा इलाकामाथि भयानक हुन सक्छ । इमरान खानले यस बिषयलाई समाधान तिर लान खोजिरहेका थिए तर भारतको निर्णयले यस मुद्धालाई थप जटिल बनाएको छ ।
यसबारेमा हामीले संयुक्त राष्ट्र संघलाई सुचित गरिसकेको छौँ । इस्लामिक देशहरुलाई पनि सूचित गरिदिएका छौँ । सबै मुसलमानहरु मिलेर कश्मिरीहरुको सुरक्षाका लागि प्रार्थना गरौँ । पाकिस्तानी जनता हरेक रुपमा कश्मिरीहरुको साथमा रहेका छौँ “। यता जम्भू करिश्मरका नेता तथा पूर्व मुख्यमन्त्रीहरुले सरकारले अनुच्छेद ३७० रद्ध गरेर कश्मिरीहरुलाई धोका दिएको आरोप लगाएका छन् भने यसको नतिजा पनि भयानक हुने चेतावनी दिएका छन् । एजेन्सीको सहयोगमा