२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

“कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?” :- सांसद महतो

4552 Shares
Spread the love

साउन २०- राजपाका सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको बिषयमा आफनो नाम मुछिएको भन्दै आपत्ति जनाएका छन् । हिजो संचारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्ध भएको जानकारी दिएका थिए । त्यसपछि विभिन्न संचारमाध्यमहरुले राजपाका सांसद राजेन्द्र महतोको नागरिकता खारेज भएको समाचार प्रकाशन गरेका थिए । सोही बिषयमा गम्भीर आपत्ति जनाउँदै महतोले आफनो मानहानी भएको गुनासो गरे ।

आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संचारमन्त्रीले भनेको राजेन्द्र महतो कुन हो भनेर प्रश्न गरेका छन् । उनले भने “हिजो संचारमन्त्रीले राजेन्द्र महतो बाहेक ८ जनाको नागरिकता बदर गरिएको छ भनेर समाचार आएको छ ।त्यसको व्यापकरुपमा प्रचारप्रसार भएको छ । त्यो कुन राजेन्द्र महतो हो ? सरकारले यस्तो संवेदनशिल बिषय जुन राष्ट्रियतासंग जोडिएको छ “।

“यसमा नेपाल सरकारका प्रवक्ताले भनेर समाचार आउँनु के हो त्यो ?नाममा ठेगाना चाही नहुने तर रोजेन्द्र महतोको नागरिकता बदर भयो भने व्यापकरुपमा प्रचारप्रसार गरियो । यो कुन नियतले हो ?” सांसद महतोले सरकार असफल भईरहेको बेला झन भ्रमको खेती गरिरहेको आरोप लगाए । उनले त्यस्तो समाचारले आफनो राष्ट्रियता माथि नै प्रश्न उठेको बताए ।

प्रतिक्रिया