२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रदेश २ सरकारले हाल्यो केन्द्र सरकारविरुद्ध मुद्धा

972 Shares
Spread the love

प्रदेश २ सरकारले केन्द्र सरकारविरुद्ध मुद्दा दायर गरेको छ । संघीयता कार्यान्वयन भएपछि पहिलो पटक प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध मुद्दा दायर गरेको हो । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहिबार संघीय मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो।

केन्द्र सरकारले महोत्तरी, सर्लाही र रौतहट जिल्लामा पर्ने १३ हजार १३२ हेक्टरमा फैलिएको सागरनाथ वन परियोजनालाई वन निगम बनाएर कम्पनी ऐनअनुसार चलाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्धा दायर गरेको हो ।

प्रदेश २ को मन्त्रिपरिषद्ले संघीय सरकारको उक्त निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको थियो। सोही निर्णय अनुसार प्रदेश २ ले केन्द्र सरकारविरुद्ध मुद्धा दायर गरेको हो । केन्द्र सरकारले गरेको निर्णय कार्यान्वयन नगराउँन दायर भएको मुद्धाको सुनुवाई भने शुक्रबार हुनेछ।

प्रतिक्रिया