२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

दुई टाउको,चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म !

1293 Shares
Spread the love

जनकपुरधाम – जनकपुरधाममा दुई मुख भएको एक बच्चाले जन्म लिएको छ।

जनकपुरधाम स्थित मिहिलाल इन्टरनेश्नल हस्पिटलमा एक महिलाले २ वटा टाउको भएको बच्चा जन्माएकी छिन्।

सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाको बल्टियामा घर भएको २५ वर्षीया सविता वैद्यले दुईवटा टाउको भएको अनौठो बच्चा जन्माएकी हुन्।

बच्चाको दुई टाउको, चार आँखा र चार कान रहेको जन्म भएको हो। जन्मेको एकै घण्टापछि बच्चाको मृत्यु भएको हो।

हिजो बेलुका साढे ५ बजे बच्चाको जन्म भएको अस्पतालले जनाएको छ।

६ महिनाकी गर्वभती सवितालाइ दिउँसो २ बजेदेखि पेट दुख्न थालेपछि भर्ना भएपछि ४ बजे अस्पतालमा डा। रुबि सिंहले सफल शल्यक्रिया गरी दुईवटा टाउको भएको बच्चालाई बाहिर निकालेको अस्पताल प्रमुख रामबाबु यादवले जानकारी दिए।

प्रतिक्रिया