२०८३, १० कार्तिक सोमबार
×

युएईकी रानीद्वारा लण्डनमा डिभोर्सको निवेदन दर्ता

822 Shares

साउन १५ -संयुक्त अरब इमिरेट्स (युएई ) का राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती ह्या बिन्त अल हुसैन देश छोडेर हिडेपछि यो घटनाले विश्वभर चर्चा पायो । रानीले आफना सन्तान र ३१ मिलियन पाउन्ड बोकेर उनी लण्डनको शरणमा पुगेकी थिईन् । त्यहाँ उनले घरै किनेर केही समययता लुकेर बस्दै आएकी थिईन् । यसअघि दुबई शाही परिवारका छोरीहरु घर छोडेर भाग्ने गरेको र उनीहरुले आफनो परिवारले हिंसा र अत्याचार गर्ने गरेको भन्ने आरोप लगाएकी थिईन् ।

रानी ह्या बिन्त अल हुसैनले पनि देशै छोडेर भोगेपछि यतिबेला विश्वले शाही परिवारमाथि पनि प्रश्नहरु उठाईरहेका छन् । उनी पनि आफुमाथि भएको अत्याचार सहन नसकेर देहश छोडेर भागेको बताईन्छ । यसबीच रानी ह्या बिन्त अल हुसैनले श्रीमान शेख मोहम्मदबिरुद्ध डिभोर्सको मुद्धा दर्ता गरेकीछिन् । उनले लण्डनको हाईकोर्टमा डिभोर्सको निवेदन दर्ता गरेकी हुन् । उनको उक्त मुद्धा लण्डनका चर्चित अनि ठुला दुई वकिलहरुले लड्ने भएका छन् ।

उनले गएको मंगलबार रोयल कार्ट अफ जस्टिसमा पुगेर निवेदन दर्ता गरेकी हुन् । उनले त्यहाँ निवेदनमा आफना सन्तानको अभिभावकत्वका लागि पनि निवेदन दिएकीछिन् । सन् २००४ को अप्रिल १० मा हयाले राजा शेख मोहम्मदसंग बिवाह गरेकी थिईन् । त्यतीबेला उनको उमेर ३० बर्षको थियो भने राजाको ५३ बर्ष । उनी जोर्डनका राजा किंग अब्दुल्लाहकी बहिनी समेत हुन् ।-एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया