२०८३, १० कार्तिक सोमबार
×

उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र जापानमा खस्यो

1378 Shares

साउन १५ -अमेरिका सहित विभिन्न देशहरुले उत्तर कोरियाको आणविक हतियार सम्बन्धि गतिविधिको चर्काे बिरोध गर्दै आईरहेको छ । उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण नरोकेको कारणले नै अमेरिकाले उसमाथि नाकाबन्दी गर्दै आईरहेको छ । जसको चपेटामा उत्तर कोरिया पर्दै आईरहेको छ । तथापी उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण को कार्यक्रम रद्ध भने गरेको छैन । हालै उत्तर कोरियाले अर्काे २ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । अन्तराष्ट्रिय समूदायको आलोचनालाई बेवास्ता गर्दै उत्तर कोरियाले पूर्वी तटबाट दुई ब्यालेस्टिक क्षेप्यास्त प्रक्षेपण गरेको बताईएको छ ।

दक्षिण कोरियाली सेनालाई उदृत गर्दै समाचार संस्था योन्हापका अनुसार आज बिहान उत्तर कोरियाले दोहो प्रायःद्वीपबाट ती क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उक्त क्षेप्यास्त्र इस्ट सी भनिने सी अफ जापानमा खसेको बताईएको छ । दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दूरी पार गरेको समाचारमा समेत जनाईएको छ । यता उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र आफनो देशको भूभागमा आएको जापानका रक्षामन्त्रीले बताएका छन् । तर उत्तर कोरियाले भने जापानका रक्षामन्त्रीलेको बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया