२०८३, १० कार्तिक सोमबार
×

पाकिस्तानी सेनाको जहाज मानव बस्तीमा खस्दा १५ जनाको मृत्यु

1713 Shares

इस्लामाबाद – पाकिस्तानी सेनाको जहाज राजधानी इस्लामाबाद नजिकै मानव बस्तीमा खस्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ। रावलपिन्डी सहरमा रहेको मानव बस्तीमा जहाज खस्दा १० सर्वसाधारणसहित १५ जनाको ज्यान गएको उद्दार अधिकारीहरूले बताएका छन्।

घटनामा अरु १२ जना घाइते भएका छन्। अभ्यास उडानका क्रममा रहेको जहाज बस्तीमा खसेपछि सल्किएको आगोले आसपासका घर समातेको थियो।

राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ। दुर्घटनाको कारण भने खुल्न सेकेको छैन।

प्रतिक्रिया