२०८३, १० कार्तिक सोमबार
×

प्रस्तुती दिँदादिँदै मन्चमा ढलेका कमेडियनले,त्यहि अन्तिम श्वास फेरे,तर दर्शकले अभिनय भन्दै ताली बजाइरहे‘

1110 Shares

एजेन्सी– अबुधावीमा जन्मिएका भारतीय मूलका एक स्ट्यान्डअफ कमेडियनले आफ्नो अन्तिम श्वास प्रस्तुती दिँदा दिँदै फेरेका छन् ।

दुवाइको एक मन्चमा प्रस्तुति दिंइरहँदा ३६ वर्षीय मन्जुनाथ नायडुको अपत्यारिलो तबरले ज्यान गयो । उनले शोमा स्ट्यान्डअप कमेडी गरिरहेका थिए, दर्शक खचाखच भरिएका थिए ।

त्यसै क्रममा उनले आफ्नो प्रस्तुती दिँदा दिँदै मञ्चमै ढले । उनको प्रस्तुतीले बनाएको माहोलमा दर्शक रमाउँदै गडगडाहट ताली बजाइरहेका थिए । उनी ढलेको देख्दा अभिनय भन्ठानेर दर्शकको ताली रोकिएको थिएन तर मन्चमा भने उनको श्वास रोकिएको थियो । उनले संसार छाडिसकेका थिए ।

खलीज टाइम्सका अनुसार मञ्जुनाथ नायडूलाई शोका क्रममा ह‌ृद्यघात भयो र सो कारणले उनको प्राण त्यागेका थिए । पहिला उनले आफूलाई बेचैन भएको भएको बताएका थिए र उनी बेन्चमा बसे ।

त्यसपछि उनी मञ्चमा लडे । त्यहाँ बसेका दर्शकलाई लाग्यो कि यो पनि कमेडीको एउटा पाटोको होला । तर, उनी हृदयघातका कारण मन्चमै लडेका थिए ।

प्रतिक्रिया