1454
Shares
काठमाडौं, साउन ६ : नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार निर्वाचनमा बाघी उम्मेदवार दिएका, बाघी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको हो।
निष्काशनसँगै पार्टीको अभिलेखबाट २३ जनाकै नाम पनि हटाउन सम्बन्धित जिल्ला कार्यसमितिलाई निर्देशन पनि दिइएको समितिका संयोजक भिष्मराज आङ्दम्बेले जानकारी दिए।
यसअघि अनुशासन समितिले तीन तहको निर्वाचनमा पार्टीलाई असहयोग गर्ने नेता तथा कार्यकर्ताको सूची केन्द्रमा पठाउन ७७ वटै जिल्ला समितिलाई निर्देशन दिएको थियो।
कारबाहीमा परेकाहरुको सूची:

