२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

“बालुवाटार प्रकरणमा मेरो कुनै संलग्नता छैन” :-गच्छदार

3050 Shares
Spread the love

नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफनो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । भारत भ्रमणबाट आईतबार स्वेदश फर्किएका गच्छदारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै बालुवाटार जग्गा प्रकरणमा आफनो संलग्नता नरहेको दाबी गरेका हुन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा उनी सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका उनले यस्तो दाबी गरेका हुन् ।

उनले माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफुले बालुवाटारमा सडक फराकिलो बनाउँनु पर्ने प्रस्ताव लगेको तर भूमि सम्बन्धि कुनै पनि प्रस्ताव नलगेको दाबी गरे । साथै उनले अख्तियार अनुसन्धान आयोगले आफुलाई बयानका लागि नबोलाएको समेत स्पष्ट पारे । केही दिन यता गच्छदार अभियोग छल्न अमेरिका र भारत भ्रमणमा गएको भन्दै विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचार प्रति पनि उनले आपत्ति जनाउँदै आफुलाई अख्तियारले नबोलाएको बताए । उनले आफु आँखाको उपचारका लागि बिदेश गएको बताए । उनले उक्त प्रकरणमा सोधपुछ गर्न चाहे आफुले आयोगलाई सहयोग गर्ने पनि प्रतिबद्धता जनाए । उनी माधव कुमार नेपालको पालामा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार मन्त्री थिए।

प्रतिक्रिया