२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

शक्ति गौचनद्वारा सन्यासको घोषणा

1081 Shares
Spread the love

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन्।

उनले राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा युरोप टुरपछि आफूले सन्यास लिने बताएका हुन्।

नेपालले साउन १३ गते इंग्ल्यान्डको लडर्समा त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। जहाँ नेपाल, एमसीसी र नेदरल्याण्डबीच खेल हुनेछ।

टी–२० सिरिज लगतै साउन १६ र १८ मा हुने एकदिवसीय खेल खेल्न नेपाल नेदरल्याण्ड जानेछ। यो नेपालको पहिलो एकदिवसीय खेल हो।  उक्त खेल नै उनका लागि राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ। नेपाली टिम भोलि इंग्ल्यान्ड जादैं छ।

प्रतिक्रिया