२०८३, १० कार्तिक सोमबार
×

भारतमा पब्जीमाथि प्रतिबन्ध लगाउँने तयारी

905 Shares

असार २४-  पब्जी खेलको कारण धेरै अभिभावकहरु समस्यामा पर्ने गरेका छन् । पब्जी खेलेकै कारण आफना सन्तानहरुमा एक्लोपन , मानसिक तनाव लगायतका समस्याहरु आएको भन्दै गुनासो पोख्नेहरुको कमी छैन । यो खेला बालबालिका र युवाहरुमा जति चर्चित र लोकप्रिय छ त्यती नै अभिभावकहरुमाझ आलोचित पनि । कयौ देशहरुमा पब्जीमाथि प्रतिबन्ध लगाउनु पर्ने माग पनि उठिरहेको छ । यसबीच भारतमा पब्जीमाथि प्रतिबन्ध लाग्न सक्ने खबर बाहिरिएको छ ।

दिल्लीको नेश्नल अकाली दलका अध्यक्ष परमजीत सिंह पम्पाले पब्जी र फोरनाइट जस्तो खेलहरुमाथि प्रतिबन्ध लगाउँनु पर्ने माग सरकारसंग गरेका थिए । उनको नेतृत्वमा आएका अभिभावकहरुले दुरसंद्धारमन्त्री रविशंकार प्रसाद र अन्य मन्त्रालयहरुमा ज्ञापन पत्र दिएका थिए । उनीहरुले पब्जी र फोरनाइट खेलमाथि प्रतिबन्ध लगाउँनु पर्ने माग गरेका थिए ।

अभिभावकहरुले आफनो बालबालिकाहरुमा पब्जी लगायतका अनलाईन गेमका कारण निकै समस्या भईरहेको गुनासो गरेका थिए । यसमाग प्रति मन्त्रालय सकरात्मकरुपमा देखिएको भन्दै यसमाथि कडा कदम चाल्ने बताएको भारतीय मिडियाहरुले जनाएका छन् । समाचारका अनुसार पब्जीमाथि प्रतिबन्ध लगाउँनका लागि सोसल मिडियासहित केन्द्रिय मानव संशाधन बिकास मन्त्रालयलाई पत्र समेत पठाईएको छ । हाल यस सम्बन्धमा छलफल पनि चलिरहेको बताईएको छ र एजेन्सीको सहयोगमा

प्रतिक्रिया