२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

अनेरास्ववियूका रञ्जित तामाङ र नेविसंघका शुशिल भट्टबिच सामाजिक संजालमा भिडन्त

2696 Shares
Spread the love

काठमाडौं नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ र नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्ट बिच विषादियुक्त तरकारीका विषयले सामाजिक संजालमा नै भिडन्त परेको छ । तामाङले विषाक्त तरकारी तथा फलफूल चेकजाँच नगर्ने सरकारी निर्णयको बिरुद्धमा आन्दोलनमा रहेको नेविसंघललाई सामाजिक संजाल मार्फत कटाक्ष गरेका छन ।

‘नेविसंघ अझै रहेछ । आज मंगलबार त्रिचन्द्र कलेज ९घण्टाघर अगाडि २०/२५ जना तरकारी बोकेर नारा उराल्दै गरेका । सिमसिमे वर्षा झरीबीच सानो छेस्कोमा खुम्चिएको रुमाल जत्रो दुईवटा झण्डा बोकेका । खुसी लाग्यो नेविसंघ अझै रहेछ,’ तामाङले फेसबुक वालमा लेखेका छन । यस्तै उनलाई जवाफ दिंदै नेविसंघ केन्द्रिय सदस्य भट्टले, ‘नेकपाका रञ्जितहरुको लिंग के होला लौन कसैलाई जानकारी भए ज्ञात होस् ।

 

बीष खानेबानी परेकाहरुलाई लिंगको के मतलब, जे होस् लिंग जे भएपनि लाज नेबिसंघले छोपिदिएको छ ।’ भनि लेखेका छन । भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध नेविसंघले चरणबद्ध आन्दोलन नै घोषणा गरेको छ । आन्दोलन अन्तर्गत प्रधानमन्त्री केपी ओलीलाई मंगलबार मात्रै नेविसंघले विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ ।

प्रतिक्रिया