काठमाडौं – गोकर्णेश्व नगरपालिका ८ मा भोली आँखा शिविर संचालन हुने भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको वेशी गाउँ युवा समुह र लायन्स क्लव अफ काठमाण्डौ आसापुरेश्बर को संयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर संचालन हुन लागेको हो ।

क्लबले एक विज्ञप्ती मार्फत उक्त शिविर बारे जानकारी गराएको छ । शिविर २०७६।०३।२१ अर्थात भोली (शनिवार) नेपालय इङलिस पब्लिक स्कुलमा हुने भएको छ । शिविर विहान ९ बजेदेखी ३ बजे सम्म चल्नेछ ।

पछिल्लो समय बढ्दै गएको धुवाधुलो र वायु प्रदुषणबाट हुने समस्या साथै तत्काल समस्या नदेखिएपनि पछि विभिन्न किसिमका समस्या देखापरिरहेको सन्दर्भमा आफ्नो आखाको उपचार एव्म अवस्थाबारे जानकारी लिई मौकाको फाईदा उठाउनुहुन समेत क्लबका अध्यक्ष कृष्ण प्रसाद नेपालले अनुरोध गरेका छ । क्लवले विभिन्न समयमा यस्ता शिविर लगाएत सामाजिक कार्यहरु गर्दै आएका छ ।