असार १९ – दिपक मनाङे सत्तारुढ दल नेकपामा प्रबेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी गुरुङ सुब्बाले उनलाई पार्टीको विधान थमाउँदै पार्टी प्रबेश गराएका हुन् । मनाङे मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा बिजय भएका थिए । पार्टी प्रबेश गरसंगै उनले राजनीतिमा उनी समाज सेवा गर्नका लागि आएको बताए । उनले कुनै पनि लोभलालचमा नपरी नेकपाले देशका लागि केही राम्रो गर्छ भन्ने लागेर नै प्रबेश गरेको बताए । उनले भने “सरकारले दिने ४५ हजारले त मलाई चिया खान पनि पुग्दैन” ।
कमल थापाको राप्रपा हुँदै नेकपासम्म आईपुगेका उनले पार्टी प्रबेश गरेसंगै काग्रेसमाथि खनिए । उनले कांग्रेससंग कुनै पनि स्पष्ट बिचारधारा नभएको पार्टी भएको आरोप लगाए । उनले अब कांग्रेसका साथीहरुलाई पनि नेकपामा ल्याउँने पहल गर्ने बताए । उनले तत्कालीन एमाले वा माओवादी नभई कम्युनिष्ट भएकाले नेकपामा प्रबेश गरेको बताए । उनले भने “नेकपा नै नेपालको पार्टी हो । त्यसैले यसैमा छिरेको हुँ” ।