२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

वाइडबडी र बालुवाटार काण्डमा आफ्नो संलग्नता भेटिए सजायँ भोग्न तयार छु : सभापति देउवा

1044 Shares
Spread the love

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता भेटिए तोकिएको सजायँ भोग्न आफु तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवा विमानस्थलमा आयाजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् । उनले वाइडबडी खरिद र बालुवाटार काण्डमा ठूलो अनियमितता भएको र अख्तियारले सुक्ष्म अनुसन्धान गरी छानबिन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा देउवाले भने – ‘वाइडबडी र बालुवाटारमा मेरो संलग्नताको कुरा बाहिरिएको छ छानबिनमा आफ्नो संलग्नता देखिए जस्तोसुकै कारवाहि भोग्न तयार छु ।’ उनले वर्तमान सरकार अधिनायक र निरंकुश भएको बताउँदै नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारले ओली सरकारको हरेक गतिविधीको निगरानी गर्दै खवरदारी गर्ने दाबी समेत गरे ।

प्रतिक्रिया