नयाँ दिल्ली (एजेन्सी) । हालै भएको लोक सभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि पार्टी अध्यक्षबाट राजीनामा दिने अडानमा रहेका भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले बुधबार अन्ततः राजीनामा दिएका छन् । उनले चुनावमा भएको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गान्धीले आफ्नो राजिनामालाई लिएर एक पत्र पनि लेखेका छन् जसलाई उनले सामाजिक सञ्जालमा समेत सेयर गरेका छन्। सामाजिक सञ्जालमा ४ पेजको राजीनामा पत्र सार्वजनिक गर्दै उनले राजीनामा दिएका हुन् । राजीनामा पत्रसँगै उनले ट्वीटरमा लेखेका छन्, ‘काँग्रेस पार्टीको अध्यक्ष भएर सेवा गर्न पाउँदा खुशी लागेको छ, हाम्रो सुन्दर देशमा हाम्रा मान्यता र मूल्यहरु जीवनमा रगतको महत्व जतिकै छन् ।’
राहुल गान्धीले पटक पटक राजीनामा दिने बताए पनि काँग्रेस नेता तथा कार्यकर्ताहरुले उनलाई राजीनामा नदिन भन्दै आएका थिए ।