असार १८ – सांसद राजीव गुरुङ अर्फ दीपक मनाङे नेकपामा प्रबेश गर्ने भएका छन् । गुण्डा नायकेको रुपमा चर्चित दिपक मनाङे मनाख (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् । गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद बनेका मनाङे बिहिबार नेकपामा प्रबेश गर्न लागेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्६ी प्रबेश गराउँने तयारी भएको केन्द«ीय सदस्य भीम कार्कीले जानकारी दिए । यता सांसद मनाङेले पनि आफु नेकपामा प्रबेश गर्न लागेको स्वीकार गरेका छन् ।
उनी सांसद पदमा बिजय भएपछि उनको बिवादित छबी र विभिन्न मुद्धाहरुका कारण उनलाई सपथ ग्रहण गराईएको थिएन। उनलाई पुनरावेदन अदालत पाटले वि.स २०६९ मा ५ बर्षको जेल सजायँ सुनाएको थियो । त्यतीबेला फरार रहेका उनको यस मुद्धा ब्युँतिदा सांसद पदको सपथ खान पाएका थिएनन् । उक्त फैसलाको बिरुद्धमा सर्बाेच्चमा निवेदन दिएका थिए । तर सर्बाेच्चले पनि पुनरावेदन अदालतकै निर्णय सदर गरेपछि उनी भूमिगत भएका थिए ।
तर प्रहरीले उनलाई बैशाख ७ मा प्रक्राउ ग¥यो । प्रक्राउ परेका उनी नेपालको नयाँ फौजदारी संहिता अनुसार १० बर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर पनि मुद्धा लड्न पाउँने व्यवस्थाको कारण उनी गत पुष ६ मा जेलबाट रिहा भएका थिए । रिहा भएपछि पनि उनको सपथ ग्रहण अन्यौलमा थियो तर उनले वि.स २०७५ माघ १४ गते सांसद पदको सपथ ग्रहण गरेका थिए । उनी प्रदेशको अर्थ तथा बिकास समितिको सदस्यसमेत रहेका छन् ।