असार १८ -संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन बेपत्ता भएको खबरमा यतिबेला विश्वले चासो व्यक्त गरिरहेको छ । अर्बपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमतीको रानी आफना २ सन्तानसहित ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर बेपत्ता भएकी थिईन् । देशै छोडेर भागेपछि रानीको खोजी तिव्र पारिएको छ । यसबीच उनी लण्डनमा लुकेर बसेको खबर बाहिरिएको छ । श्रीमान र देश छोडेर भागेपछि उनको ज्यानको असुरक्षा बढेको भन्दै उनी लुकेर लण्डनको शरणमा बसिरहेको बताईएको छ ।
रानी ह्या बिन्त अल हुसैन आफनो श्रीमान र देश छोडेर किन भागिन् भन्ने बारेमा यकिन कुरा सार्वजनिक भएको छैन । तर बिगतमा पनि दुबईको शाही परिवारबाट छोरीहरु भागेको र उनीहरुले परिवारले हिंसा गर्ने , परिवारको दमन र अत्याचार सहन गर्न नसकेकोले भागेको बताएका थिए । सम्भवत रानीको पनि समस्या उस्तै हुन सक्ने अनुमान गरिएको छ । पहिले रानी ह्या बिन्त अल हुसैन दुबईबाट भागेर जमर्नीमा पुगेर शरण मागेकी थिईन् । तर उनी लण्डन पुगिन् । उनी त्यहाँ केनसिंगटन प्यालेस गार्डनमा साढे ७ सय करोडको मुल्यको घरमा बसिररहेकीछिन् । रानी लण्डनमा नै आफनो बाँकी जीवन बिताउँन चाहान्छिन् तर दुबईले भने उनको फिर्तीको माग गरिरहेको छ ।
बेलायत र दुबईबीच निकै राम्रो सम्बन्ध छ तर रानी रानी ह्या बिन्त अल हुसैन अब यी दुई देशबीच समस्या आउँन सक्ने अनुमान गएिको छ । यता लण्डनमा अवस्थित दुबई राजदूतावासले पनि यो बिषय २ व्यक्तिहरुको निजी बिषय भएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको छ । यसअघि पनि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । तर उनी भारतको गोवमा प्रक्राउ परेपछि उद्धार गरेर शाही परिवारलाई जिम्मा लगाईएको थियो । यता आफनो छटौँ श्रीमती फरार भएपछि शेख मोहम्मद बिन राशिद अल मकतूमले आफनो सामाजिक सञ्जालमा एक कबिता पोस्ट गर्दै कुनै अज्ञात महिलाले धोका दिएको र विश्वासघात गरेको लेखेका छन् । शेखका २३ सन्तान रहेका छन् । एजेन्सीको सहयोगमा
